झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

बिराटनगर, साउन १० । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो जाँझा साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-६ स्थितमा बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री इलाम चुलाचुली गाउँपालिका- ४ का २७ बर्षीय धिरज हिमाङ्लाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३५ ग्राम ब्राउन सुगर फेला परि नियन्त्रणमा लिएको हो ।

यसै गरी मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका-१५ का ३६ बर्षीय पुर्ण तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला पारेसगै पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ गरेको उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।