श्रमदानका लागि वडा कार्यालयमा निवेदन दर्ता

टक्सार,भोजपुर (रासस) :श्रमदानका लागि भोजपुर नगरपालिका–८ का स्थानीयवासीले वडा कार्यालयमा निवेदन नै दर्ता गराएका छन् । विगतका जनप्रतिनिधिहरूको पालामा वडास्तरमा कमै मात्र श्रमदानका कार्य हुने गरेको भए पनि अहिले भने वडामा निवेदन दर्ता नै गराएर स्थानीय स्वतःस्फूर्त रूपमा श्रमदानमा निस्कने गरेका छन् ।

वडाभित्रको सडक मर्मत, मठमन्दिर सरसफाइ, विद्युतीकरणलगायतका कार्यहरू अहिले वडावासीको सहभागितामा जनश्रमदानबाट नै हुँदै आइरहेको वडाध्यक्ष नवीन प्रधानको भनाइ छ । उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि वडाभित्रको विकास निर्माणमा जनसहभागिता बढाउन श्रमदान गर्न इच्छुकलाई निवेदन दिन आग्रह गरेका थियौँ, सोहीअनुसार अहिले वडामा श्रमदान गर्नेहरूको निवेदन दर्ता छ ।” सानातिना विकास निर्माणका कार्यमा पनि बजेट नै चाहिने परिपाटी वडामा नदेखिएको वडाध्यक्ष प्रधानको धारणा रहेको छ ।

स्थानीयवासी कर्णबहादुर कार्कीले वडाभित्र जनश्रमदान गर्दा विकास निर्माणमा टेवा पुग्ने बताउनुभयो । “आफ्नो ठाउँको विकासमा आफैँ जुट्न आवश्यक छ”, कार्कीले भन्नुभयो, “बर्सातमा बाटो बिग्रिएर जनजीवन प्रभावित हुन्छ, हामीले पूजापाठ गर्ने मन्दिर फोहर हुन्छ, विद्युत्का तार तथा पोलहरूमा रुख पर्छन्, यस्ता कार्यलाई पनि बजेट खोज्न थालियो भने कसरी वडाको विकास हुन्छ ? त्यसैले वडाभित्र जनश्रमदान अभियान प्रभावकारी हुनुपर्छ ।”

वडाभित्र देखिएका समस्या समाधानका लागि प्रत्येक महिना जनश्रमदान हुँँदै आएको स्थानीयवासीको भनाइ छ । बाटो बिग्रिएर आवतजावतमा समस्या हुने बाटाहरू तथा सडक, विद्यालय आसपासका बाटो, मठमन्दिर सरसफाइमा पनि वडावासीको सहभागिता रहेको वडा सदस्य नीरकुमार प्रधानले बताउनुभयो ।

वडा कार्यालयले ल्याएको अवधारणाअनुसार स्थानीय युवा श्रमदानमा सक्रियरूपमा खटेको स्थानीय युवा अनिल श्रेष्ठले बताउनुभयो । आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठूलो बजेट खर्च हुनबाट बच्ने श्रेष्ठको धारणा छ । वडाले ल्याएको अभियानमा सक्रियरूपमा जोडिएको बताउँदै वडावासी राजन राईले भन्नुभयो, “आफ्नो ठाउँको विकास आफैँले गर्ने हो, वडाले थालेको अभियानमा स्थानीयवासीको उत्साहजनक रूपमा श्रमदान रहेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।