सुन तस्करी प्रकरण :हर्कराज राजस्वको नियन्त्रणमा आइसकेका थिए, भारतीयको फोन बजिरह्यो !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ करिब १ सय किलो सुन बरामद हुँदा सुनसँग कनेक्सन देखिएका हर्कराज राई बुढानिलकण्ठमा थिए । भोजपुरको अरुण गाउँपालिका–४ घर भएका ४९ वर्षीय हर्कराज केही समयदेखि बुढानिलकण्ठमा बस्दै आएका छन् ।

साउन ३ मा मध्यराति राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले उनलाई बुढानिलकण्ठस्थित चपलीबाट नियन्त्रणमा लियो । राजस्वले उनलाई पुल्चोकस्थित विभागको कार्यालयमा ल्याउँदै थियो । हर्कराजको फोन लगातार बजिरह्यो । फोन गर्नेको नाम थियो–‘थाप्तेन ।’

उनी हुन्, भारतस्थित पुरानो दिल्ली घर भएर पानी पोखरीमा बस्दै आएका थाप्तेन छिरिङ । त्यसपछि पोल खुल्यो, तिब्बत मुलका ५३ वर्षीय थाप्तेन पनि करिब ८० देखि १०० किलो सुन तस्करीमा संलग्न छन् ।

राजस्वका अधिकारीहरुले हर्कराजलाई दबाव दिए– ‘थाप्तेनलाई बोलाउ ।’ थाप्तेन छिरिङलाई पनि राजस्वको टिमले त्यसैरात पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

साउन ४ मा राजस्व अनुसन्धान विभागले छिरिङ बस्ने पानी पोखरीस्थित कम्फर्ट हाउजिङमा खानतलासी गरेको छ । थाप्तेन बस्ने फ्ल्याटबाट सुनसँग सम्बन्धित महत्वपूर्ण कागजात बरामद गरिएको अनुसन्धानमा संलग्न विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सुन प्रकरणमा भारतीय नागरिक थाप्तेन र चिनियाँ नागरिक जिक्वाङ लिनसहित १६ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध विभागले उच्च अदालत पाटनबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।