विराटनगरबाट लागुऔषध सहित लिम्बु पक्राउ
मोरङ । विराटनगर महानगरपालिका-१६ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान ९ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. ४ प. ६५४२ नम्बरको मोटरसाईकलमा सवार सुनसरीको धरान उप-महानगरपालिका-१८ का दिवस लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लिम्बुले मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा स्पास्मो प्रोक्सिबन-५ सय ७६ ट्याबलेट, नाईट्रोसन -१ सय ट्याबलेट र डाईलेक्स डिसी-२ बोतल लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।
लागुऔषध सहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


