गुण्डागर्दीमा संलग्न सानुभाइलाई १० हजार धरौटीमा छाड्न आदेश,धरौटी तिरेनन्, कारागार जाने

काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई अदालतले १० हजार धरौटीमा छाड्न आदेश गरेको छ । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ परेका उनीविरुद्ध ‘पटके झगडिया’को रूपमा अदालतमा मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाश पण्डितले उनलाई १० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । तर, पुरानो मुद्दामा पनि जरिवाना र कैद तोकिएको भेटिएपछि उनी कारागार जाने भएका छन् ।

ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा सानुभाइ सँगै पक्राउ परेका अरू ६ जना छुटेका छन् । मङ्गलवार काठमाडौँका प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार अन्य ६ जना जनही ८ हजार धरौटी तिरेर छुटेका थिए । सानुभाइ भन्दा बाहेक अन्य आरोपित जनही ८ जना तिरेर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।

असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइसहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए ।

सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए । ओम्निया क्लवमा भएको झगडामा संलग्न आरोपमा प्रहरीले टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ, विनोद लामा र रघु लामालाई मुद्दा चलाएको थियो ।

कुमार गुरुङ ‘घैँटे’ इन्काउन्टरमा मारिएपछि युवराज गुरुङ ‘सानुभाइलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ मा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।