गृह–मन्त्रालयले नयाँ व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवा प्रवाह रोकियो

खोटाङ, १० साउन (रासस) : गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय खोटाङ बजारका लागि शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह रोकिएको छ ।

इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार २६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको हो ।

गृह–मन्त्रालयबाट छ/छ महिनाका लागि दिइने कायममुकायमको म्याद गत असार २६ गते सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा इलाका प्रशासनको सेवा प्रवाह प्रभावित भएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो ।

“नागरिकतालगायतका प्रशासनिक कामका लागि इलाका प्रशासन कार्यालय पुग्दा दिक्तेल पठाउने गरेको नागरिकको गुनासो आएको छ”, उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट प्रवाह हुने सेवा रोकिएपछि दक्षिणी क्षेत्रका सर्वसाधारण पैदल हिँडेर दिक्तेल पुगेर सेवा लिन बाध्य भएका छन् । हामीले सम्बन्धित निकायमा जानकारीसमेत गरिसकेका छौँ । यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।”

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा सञ्चालित ईलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् । जिम्मेवार कर्मचारीको व्यवस्था नहुँदा हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई दिक्तेलमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ ।

गृह–मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने इलाका प्रशासन कार्यालयका नायब सुब्बा लक्ष्मी ढकालले बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई मध्यनजर गर्दै खोटाङ बजारमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा खोटाङ बजारसँगै ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा समेत इलाका प्रशासन कार्यालय रहेको छ । उत्तरी क्षेत्रका नागरिकलाई सेवा दिने गरी सञ्चालनमा ल्याइएको ऐसेलुखर्क इलाका प्रशासन कार्यालयमा समेत कार्यालय प्रमुख नियमितरुपमा नबस्दा समस्या हुने गरेको सेवाग्राहीले बताएका छन् ।–

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।