बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर, ११ साउन (रासस) : महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार÷पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

प्रहरीले घटना भएकै दिनदेखि ह्युमन इन्टेलिजेन्स, टेक्नो इन्टेलिजेन्स, क्राइम पेटर्न एनालाइसिस, सूत्र परिचालन, नेपाल प्रहरीको विशिष्टिकृत एजेन्सीको सहयोग, अन्तरसंस्था र अन्तरदेशीय समन्वयको आधारमा बुधबार साँझ महोत्तरी जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकैबाट उक्त घटनामा संलग्न रहेको आरोपमा युवक अजय कुमारलाई पक्राउ गर्न सफल भएको हो ।

साथै प्रहरीले घटनामा संलग्न अन्य तीन÷चार जनाको पनि पहिचान गरिसकेको तर अनुसन्धान गोपनीयताको कारण सबैको नाम, ठेगाना उल्लेख गर्न नसकिने जनाएको छ । अन्य फरार व्यक्तिको पनि खोजतलास व्यापकरुपमा भइरहेको र चाँडै पक्राउ गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।