हटारु पलायन भए, हाटबजार हराए

बेदकोट, ११ साउन (रासस) : महाकालीपारिको दोधारा चाँदनीमा केही वर्षअघिसम्म विभिन्न स्थानमा हाटबजार सञ्चालन हुन्थे । सातामा कम्तीमा एक पटक निश्चित स्थानमा हाटबजार लाग्थ्यो । हटारुहरु विभिन्न स्थान पुगेर हाटबजार लगाउने गर्दथे । उपभोक्ताका लागि पनि आफ्नो पायकपर्ने स्थानमा लाग्ने हाटबजारमा सामान किन्न सजिलो हुन्थ्यो ।

तर अहिलो हाटबजार लाग्न छाडेको छ । जसले गर्दा उपभोक्ताले सस्तोमा तरकारी तथा खाद्यान्न खरिद गर्न पाएका छैनन् । दोधार चाँदनी नगरपालिका–६ मिलन चौराहका रामबहादुर श्रेष्ठले हटारु नहुँदा हाटबजार लाग्न छाडेको बताउनुभयो ।

“पहिले बारअनुसार छुट्टाछुट्टै ठाउँमा हाटबजार लाग्थ्यो तर अहिले हाटबजार लाग्नै छोड्यो”, उहाँले भन्नुभयो, “ती हाट बजारमा तरकारी बिक्री गर्ने पसल बढी हुन्थे, हाटबजारभित्र सामानको मूल्य बजारको तुलनामा सस्तो हुने गरेको थियो ।”

ग्रामीण क्षेत्रको बजारको रुपमा सञ्चालनमा आएका हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा लाग्दथे । दोधारा चाँदनीको बाबास्थान, हेल्थपोष्ट, चाँदनीलगायत ठाउँमा साताको एक÷दुई दिन हाट बजार लाग्ने गरेको थियो ।

बढ्दो बजारीकरणसँगै ग्रामीण क्षेत्रबाट हाटबजार हराउँदै गएको दोधारा चाँदनी नगरपालिका–७ बाबास्थानका नन्दबहादुरको भनाइ छ । “सुरु सुरुमा यहाँ ठूलो बजार थिएन, किनमेलका लागि टाढा जानु पर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले बजार विकास भएको छ, त्यसैले हाटबजार लगाउन छोडियो ।”

नियमित हाटबजार नलाग्दा संरचना जीर्ण बन्दै गएको बाबास्थानकी कमला सिंहले बताउनुभयो । “बाबास्थानमा हाट बजारका लागि बनाएका टहरा रित्ता छन्, रेखदेख नहुँदा यो क्षेत्र अस्तव्यस्त भएको छ”, उहाँले भन्नुभयो, “यसको संरक्षण गरेर हाटबजार सञ्चालनमा ल्याउन सक्ने हो भने उपभोक्ताले सस्तो मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।” हाटबजार सञ्चालनमा आएमा स्थानीयस्तरमा उत्पादित कृषियोग्य वस्तुले सहजै बार पाएर कृषि प्रवद्र्धनमा टेवा पुग्ने उहाँको विश्वास छ ।

सिंहले लामो समय बाबास्थानको हाटबजारमा तरकारी बिक्रीवितरण गर्नुभयो । उहाँले अहिले पनि हाटबजार लाग्ने टहरामै तरकारीको पसल थाप्नु भएको छ । “विगतमा धेरै पसल हुन्थ्ये, कपडा, भाँडाकुडामा पसल पनि हाटबजारमा थिए”, उहाँले भन्नुभयो, “अहिले अरु कोही छैनन्, हाटबजार लाग्ने ठाउँमा मेरो मात्रै पसल छ ।”

कोरोना महामारीपछि हाटबजार लाग्न छोडेको बाबास्थानकै स्थानीय गगन सुनारको भनाइ छ । उहाँका अनुसार हाटबजारमा व्यवसाय गर्न आउने अधिकांश व्यापारी भारतीय थिए । भारतीय हटारु पलायन भएसँगै हाटबजार लाग्न छोडेका हुन । “यहाँको हाटबजार भारतीयमा निर्भर थियो, कोरोना महामारीपछि उनीहरु यहाँबाट पलायन भए”, सुनारले भन्नुभयो, “त्यसपछि हाट बजार लागेका छैनन् ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।