सामाजिक सञ्जालमा भाइरल ‘गोल्डेन मोटरसाइकल’ , के हो वास्तविकता ?

काठमाडौँ । सामाजिक सञ्जाल (फेसबुक)मा एउटा पँहेलो रंगको मोटरसाइकलको भिडियो भाइरल छ । त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब १ सय केजी सुनबारे अनुसन्धान भइरहँदा सो मोटरसाइकलबारे हजारौंले प्रतिक्रिया जनाएका छन् ।

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले चेकजाँच गरिरहेको र ‘सुन’को जस्तै देखिने सो मोटरसाइकल भारतबाट नेपाल आएको थाहा भएको छ । भारतको आन्द्र प्रदेश–१३६९ नम्बरको सो बुलेट मोटरसाइकल भन्सार तिरेर काठमाडौँ तर्फ लागेको सशस्त्र प्रहरी बलका अधिकारीहरुले बताएका छन् । मोटरसाइकल चालकले दैनिक २ सयको दरले १ हजार नगद भन्सार कार्यालय वीरगञ्जमा बुझाएका हुन् ।

तर, सो मोटसाइकल सुनको जस्तै देखिए पनि सुनको होइन । सशस्त्र प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको बाहिरी भाग पित्तलको भएको थाहा भएको छ । ‘भारतमा २० हजारमा पित्तलको कभर पाइने रहेछ’ सशस्त्र प्रहरी बलका एकजना अधिकृत भन्छन्– ‘सुनको जस्तो देखेर चेकजाँच गरेका थियौं, मोटरसाइकल काठमाडौँतिर लागेको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।