युवतीको स्कर्ट मुनीको भिडियो खिच्न ट्रकमा क्यामरा जडान, अधबैँसे पक्राउ

एजेन्सी/युवतीको स्कर्ट मुनी खिच्न ट्रकमा क्यामेरा राख्ने एक अधबैँसेलाई प्रहरीले पक्राउ गरेको छ । जापानका ४४ वर्षका अधबैँसेलाई आफ्नो ट्रकमुनी विभिन्न क्यामरा जडान गरी आफ्नो ट्रकमा चढ्ने युवतीको स्कर्ट मुनी भिडियो खिचेको आरोपमा पक्राउ गरिएको हो ।

भोयुरिजम र अपस्कर्ट फोटोग्राफी जापानमा यति व्यापक रूपमा फैलिएको छ कि यसका लागि शब्द पनि छ – चिकन । यो शब्दले अनैतिक रूपमा महिलाको स्कर्टमुनि सहमतिबिना तस्बिर खिच्ने प्रयास गर्ने पुरुषबारे वर्णन गर्छ । ती अधबैँसेले आफ्नो डेलिभरी ट्रकमा कम्तीमा चार क्यामेरा जडान गरेको पाइएको छ । उनले ती क्यामेरामार्फत युवतीहरू, कोही प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीको स्कर्ट मुनीको भिडियो खिच्ने गर्दथे ।

उनको ट्रक मुनि क्यामेरा भेटिएपछि प्रहरीले उनको घरमा छापा मार्‍यो र सयौँ भोयुरिस्टिक भिडियो समावेश भएको ३० भन्दा बढी हार्ड ड्राइभ फेला पारे । ती अधबैँसेले आरोप अस्वीकार गरेपछि अधिकारीले पीडितको सङ्ख्या हजारभन्दा भएको आशङ्का गरेका छन् ।

गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा क्योटोका सातोसी निसिमुराले क्योटो र उजी सहरका थुप्रै युवतीको भिडियो अनैतिक तरिकाले खिचेको पाइयो । उनका एक जना महिला सहयोगीले यस्तै खालको एउटा भिडियो देखेपछि अधिकारीलाई यसबारे उजुरी दिएकी थिइन् । निशिमुराले आरोप अस्वीकार गरे ।

तर उनले डेलिभरी ट्रकमा चारवटा क्यामेरा जडान गर्नुको चित्तबुझ्दो कारण भने खुलाउन सकेनन् । ट्रकको बम्पर र अगाडिको टायर नजिकै क्यामेरा राखिएका थिए, सबै माथितिर फर्किएका थिए । प्रहरीका अनुसार गत वर्षको सेप्टेम्बर र डिसेम्बरमा उनले प्राथमिक विद्यालयका छात्रा र प्लस टुका छात्रा गरी आठ जनाको भिडियो खिचेको पत्ता लगाए । तर उनको घरमा भेटिएको प्रमाणले यसमा उनको संलग्नता निकै अघिदेखि थियो भनेर दर्साउँछ । प्रहरीले यसमा उनी पछिल्लो ११ वर्षदेखि संलग्न भएको अनुमान गरेको छ ।

ती ड्राइभरका महिला सहयोगीले यसबारे उजुरी दिएपछि प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो । ती ड्राइभरले क्योटो र युजी सहरमा विभिन्न विद्यालय भएका साँघुरा सडकमा ट्रकलाई निकै ढिलो गरी चलाउँथे । जुन असाधारण थियो । त्यसपछि प्रहरीले उनको ट्रक अनुसन्धान गर्दा चारवटा क्यामेरा पाए । ती क्यामेरा डाइहात्सु हिजेतको ड्यासबोर्डको सेन्ट्रल रेकर्डिङमा जडान थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।