१२ थान चोरीको मोटरसाइकलसहित सात जना पक्राउ

बारा । विभिन्न मिति र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका-९ बस्ने २० वर्षीय राजिनन्द महतो र रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ बस्ने २६ वर्षीय पंचालाल बलोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा विभिन्न ठाउँबाट चोरी भएका बा.२६ प ७७५३, ज.११ प ८४९५, ना.५१ प २७९०, ना.५२ प ७१३२, बीआर०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना. ४१ प ८४६८, बा.९० प ५००८, मधेश प्रदेश ०३-०२६ प ९९५६, बा.६४ प ४६८४ र २ ‘अन टेस्ट’ लेखिएका मोटरसाइकलसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।