खोटाङ र तेह्रथुममा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बिराटनगर, श्रावण १२ । खोटाङ र तेह्रथुमको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका- ६ कच्चि सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जादै गरेको ना. ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजि ५० मिटर तल झरी दुर्घट्ना हुँदा घाईते भएका ट्याक्टर चालक खोटेहाङ- ३ का २३ बर्षीय पवन तामाङोलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका- ६ स्थित बा. ६८ प ५८३८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका पछाडी सवार आठराई- ३ का २५ बर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लादै गर्दा बाटोमा मृत्यु भएको हो भने घाईते भएका मोटरसाईकल चालक धरान- १५ का २६ बर्षीय सुरेन्द्र राईलाई सामान्य उपचार पश्चात थप उपचारको लागि धरान तर्फ रेफर गरिएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।