मिनी ट्रक दुर्घटना, घाइते ५ जनालाई हेलिकप्टरमार्फत सुर्खेत लगियाे

कालीकोट – पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे हाे । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएकाे छ ।

पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियाे । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसाे महिला र बालबालिका रहेका छन् ।

पलाँता अस्पतालबाट रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकप्टरमार्फत थप उपचारका लागि प्रदेश अस्पताल लगिएकाे गाउँपालिका अध्यक्ष विष्णु रोकायाले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।