जापानी महिलाले नेपाल आएर हालिन् बहुविवाहको मुद्दा, ७ महिने गर्भवती ‘सौता’लाई नियन्त्रणमा लिएर छाडियो

काठमाडौं। विवाह भएको २६ वर्षपछि एक जापानी महिलाले नेपाल आएर नेपाली पुरुषविरुद्ध बहुविवाहको मुद्दा हालेकी छिन्। जापानी नागरिक नोरिको सुमियाले जाहेरी दिएपछि प्रहरीले उनकी सौता २९ वर्षीया मिरादेवी भट्टलाई पक्राउ गरेको थियो।

७ महिनाको गर्भवती भएका कारण पक्राउ गरेको दुई दिनपछि भट्टलाई तारेखमा राखेर छाडिएको थियो। सुमियाका अनुसार नेपाल आएका बेला काभ्रेका भुवन अधिकारीसँग उनको भेट भएको थियो। त्यहीबीच माया प्रेम बसेपछि उनीहरु दुवै जना जापान गएका थिए। सुमियाले सन् १९९७ माघ २८ गते भुवनसँग विवाह भएको उल्लेख गरेकी छिन्।

एक वर्षपछि जेठो छोरा रियो र सन् २००२ मा कान्छो छोरा टाईगा जन्मिएका थिए। परिवारको आफू एक्लो सन्तान भएकाले श्रीमानले बेचबिखन गरेर जापानमा होटल र नेपालमा जग्गा खरिद गरेको सुमियाको भनाई छ।

लामो समयसम्म जापानमा रहेका भुवन पछिल्लो समय भने नियमित रुपमा नेपाल आवतजावत गर्ने गरेको र आफू र छोराहरुसँग राम्रो व्यवहार नभएको उनको दावी छ।

सोही क्रममा उनले नेपालमा अर्कै युवतीसँग विवाह गरेको चाल पाएपछि नेपाल आउँदा कान्छी श्रीमतीतर्फ छोरीसमेत भएको चाल पाएको उनले जाहेरीमा उल्लेख गरेकी छन्। आफूले २०७९ चैत १० गते भुवनको नेपालमा अर्की श्रीमती भएको थाहा पाएपछि जाहेरी दिएको उनको भनाई छ। ४६ वर्षीय भुवन हाल फरार छन्।

यता अनुसन्धानका क्रममा मिरादेवीले आफू सन् २०१७ मा जापान गएको र त्यहीक्रममा भुवनसँग भेट भएको बयान दिएकी छन्। उनले आफूलाई भुवनको जेठी श्रीमती रहेको बारे थाहा भएको र सम्बन्ध बिग्रिएर बेग्लाबेग्लै बस्ने गरेको भनेको बताएकी छन्।

उनले आफू जापानमा भुवनकै घरमा ३ वर्ष सँगै बसेको र सन् २०२० मा नेपाल फर्किएर बालुवाटारमा रहेको घरमा बस्ने गरेको बयान दिएकी छन्। उनका अनुसार श्रीमान हाल जापानमै छन् भने उनले जेठी श्रीमतीसँगको सम्बन्ध विच्छेद प्रकृया अन्तिम चरणमा पुगेको हालसालै बताएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।