यसपालिको जुलाई पछिल्ला १ लाख २० हजार वर्षकै गर्मी महिना हुनसक्ने

सन् २०२३ को जुलाई महिना संसारभर नै पछिल्ला १ लाख २० हजार वर्षको सबैभन्दा गर्मी महिना हुने देखिएको छ।

युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस र विश्व मौसम संस्थाले संयुक्त रूपमा बिहीबार सार्वजनिक गरेको एउटा रिपोर्टमा महिना सकिन केही दिन बाँकी रहँदा नै जुलाईको विश्वभरको औसत तापक्रमले पहिलाका रेकर्ड तोडिसकेको उल्लेख गरिएको छ।

जुलाई महिनाका २३ दिनको संसारभरिको औसत तापक्रम १६.९५ डिग्री पुगेको छ।

यसअघि जुलाईका तीन सातामा संसारभरिको औसत तापक्रम यति रेकर्ड भएको थिएन।

सन् २०१९ को जुलाई महिनामा विश्वभरको औसत तापक्रम १६.६३ डिग्री पुगेको थियो।

विश्वभरको तापक्रमको औसत नाप्न थालिएको धेरै वर्ष भएको छैन। तर वैज्ञानिकहरूले यो जुलाई महिना पछिल्ला १ लाख २० हजार वर्षमै गर्मी हुन सक्ने बताएका छन्।

‘यी दिनहरू मानव इतिहासकै सबैभन्दा गर्मी दिन हुन्,’ कोपरनिकसकी उपनिर्देशक सामन्था बर्गेसले भनिन्।

यसपालि उत्तरी गोलार्द्धका विभिन्न देशमा गर्मीका कारण ज्यान गुमाउने मानिसको संख्या पनि बढेको छ।

अमेरिका, भारत, चीनलगायत मुलुकमा यसपालि अत्याधिक गर्मीका कारण दर्जनौं मानिसले ज्यान गुमाएका छन्।

यसपालिको जुन महिना पनि अहिलेसम्मकै गर्मी जुन महिना बनेको थियो। गत जुलाई ६ तारिखमा संसारभरको औसत तापक्रम १७.०८ डिग्री सेल्सियस पुगेको थियो।

‘हामी २०२३ को सातौं महिनामा छौं। यो वर्षका सबै महिना अहिलेसम्मका ताता महिनामध्ये टप फाइभमा परेका छन्,’ बर्गेसले भनिन्,‘यही ट्रेन्ड हिउँदमा पनि कायम रहे २०२३ अहिलेसम्मकै तातो वर्ष हुनसक्छ।’

समुद्रको पानी तापक्रम पनि यसपालि यसभन्दा पहिला कहिल्यै नपुगेको तहमा पुगेको छ।

‘अहिले हामीले जे देखिरहेका छौं, त्यो यसभन्दा पहिला कहिल्यै देखाएका थिएनौं,’ बर्गेसले भनिन्।

रिपोर्ट लेखनमा संलग्न ब्राउन युनिभर्पसिटीका जलवायु वैज्ञानिक किम कोबले अहिलेसम्मको तापक्रम चकित पार्ने खालको भए पनि यो रेकर्ड फेरि पनि तोडिन सक्न चेतावनी दिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।