मजदुर साइकलयात्रीलाई मुक्का हान्ने आयुषलाई १० वर्ष कैद र एक लाख जरिवाना माग्दै मुद्दा हाल्ने तयारी

विराटनगर । गलत दिशाबाट साइकल चलाएको निहुँमा एक जना मजदूरमाथि निर्घात कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाई यस्तो सजाय हुनुपर्ने प्रहरीको ठहर छ।
पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो।

मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ।

‘हामीले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका छौं,’ डिएसपी दाहालले भने।
मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको देखिएकोले दफा १८३ (२) बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवनाको माग दाबी लिई राय सहितको प्रतिवेदन बुझाइएको उनले बताए।

असार २० गते राति साढे ८ बजे विराटनगर ४ स्थित दूध फार्म चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकलयात्री साहलाई कुटपिट गरेका थिए। आयुषले मुक्का हान्दै कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो।

मुक्का हानेपछि बेहोस भएर ढलेका साहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्‍याईएको थियो।
रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकलयात्री साहलाई मुक्का हानेका थिए।

उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ। साह सडकमै ढलेपछि उनै भेटवालले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए।-सेतोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।