चालकसहित गाडी बेपत्ता

म्याग्दी । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ।

अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको जिप कालीगण्डकीमा बेपत्ता भएको हो।

सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ,’ उनले भने, ‘जिप र चालकको अवस्था अज्ञात छ।’

प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन्।

सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुर्‍याएर फर्किँदै गरेको जिपका चालक कमलेशसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो। तीन बजेपछि सम्पर्क नभएको उनले बताए।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।