बालाजुमा स्कुटरलाई हानेर रात्री बसमा ठाेक्कियाे कार
काठमाडौं । काठमाडौंको वनस्थली र बालाजुकाे बीचमा कारले स्कुटरलाई हानेर रात्री बसमा ठाेक्किएकाे छ ।
वनस्थली र बालाजुको बीच सडकखण्डमा बा २७ च ९३८९ नम्बरको कारले स्कुटरलाई ठक्कर दिएको थियो । कार भने दाङ जाँदै गरेको बसमा ठोक्किएको थियो । त्यस क्रममा स्कुटर चालक घाइते भएका प्रहरीले जनाएकाे छ ।
‘दुर्घटना हुँदा स्कुटर चालक घाइते भएको, मानवीय क्षति नभएको र बाँकी विवरण आउन बाँकी रहेको बालाजुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।
सामाजिक सञ्जालमा प्राप्त भिडिओमा भने कार चालकले मादक पदार्थ सेवन गरेको बताइएको छ ।


