यौन शोषण र घरजग्गा कब्जा गर्ने मिटरब्याजी पक्राउ

काठमाण्डाै – महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ३४ वर्षीया एक महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिनुभएको थियो । सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याजमात्रै ५० हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिर्नुभएको थियो ।

ऋणको साँवा घटाउने उद्देश्यले उहाँले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानलाई दिनुभएको थियो । तर सुर्जमानले भने साँवाको सट्टा ब्याजमात्रै कटाएर ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे । पैसा तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने भन्दै सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेका थिए । पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे हिजो दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि प्रहरीले सुर्जमानलाई पक्राउ गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।