रास्वपामा कुटाकुट मात्रै हुन थालेछि बल्ल रविले मुख खोले

गोकुलेश्वर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा जोडिने वित्तिकै २०८४को लागि उम्मेदवार बनिनहाल्ने बताएका छन् । रास्वपा सिन्धुली(काठमाडौं सम्पर्क विभागको कार्यक्रममा संम्बोधन गर्दै उनले बताएका हुन् ।

रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु नभएको उनले बताए । उनले असल साथीहरुलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रष्ट पारे ।अलामिछानेले विभिन्न घटनाहरुलाई लिएर पार्टीप्रति औला उठाएको भन्दै इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरे ।

उनले भने, ‘ विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ । यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिसहो । मानिसहरुले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौं । त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरुबाट यस्ता किसिकमा क्रियाकलाप हुन सक्लान् । तरखबरदार हामीलाई जानकारी पाउनेवितिकै घटनाको समाचार छापिनुअघि कारबाही भइसकेको हुनेछ । पार्टीलाई यसमा प्रष्ट निर्देशन छ । पार्टीसँग खराब हृदय भएका मानिसहरु फाल्न सक्ने तागत छ । पार्टीमा को आउनुहुन्छ को आउनुहुन्छ त्यो भन्न सक्दिन यो एउटा भेल हो । यहाँ धेरै मानिसहरु आउन सक्छन् र खराब पात्रहरु आउन सक्छन् असल पात्रहरु पनि आउन सक्छन् । हामीलाई २०८४ सालसम्म हेर यिनीहरुको यो पनि घटना त्यो पनि घटना त्यहाँ कुटाकुट भयो मारामार भयो भन्ने घटनाहरु ल्याएर उनीहरु उस्तै हुन भन्ने भाष्य सिर्जना गर्न खोजिदैछ । त्यसका लागि चनाखो हुनुपर्नेछ । ’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।