जुवातास खेलिरहेका महिलासहित ६ जना बालाजु प्रहरीद्वारा पक्राउ
काठमाडौं, साउन १३ । काठमाडौंको कुमारीथानबाट जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन् ।
कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा कनकाई नगरपालिका–२ घर भएकी ३५ वर्षीया पदमा मगर समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४ हजार ७ सय १५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।


