मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा, केही दिन देशभर बदली र वर्षाको सम्भावना

काठमाण्डाै – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा आएकाले नेपालमा मनसुन थप सक्रिय भएको छ ।

यसअघि न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा र नेपालमा कम भएकोमा आज सरदर स्थानको आसपास आएको मौसम पूर्वानुनमान् महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर वा उत्तरतर्फ सर्दै जाँदा नेपालमा प्रभाव बढ्न थाल्छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टामा कास्कीमा मुसलधारे वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले कालीखोला लगायतका खोला खोल्साहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् विनु महर्जनले देशका धेरैजसो ठाउँमा आउँदाे दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताउनुभयो । आज राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन चट्याङसहित ठूलो वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।