मदिराले लठ्ठ प्रमुख प्रशासकिय अधिकृत महिलासंगै टिकटक लाइभ बसेपछि…
गोकुलेश्वर । श्रीमती र परिवार काठमाण्डौंमा राखेर आफु झापाको दमक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वाटरमै रासलिला गरेपछि उनको आलोचना सुरु भएको छ ।
एक महिलासँग उनले अनैतिक गतिविधि गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ । मदिराले लठ्ठ भएकी ति महिलाले सोही अवस्थामा टिकटक लाइभ गरेकी छिन् । टिकटकमा उनले निरौलालाई श्रीमान भन्दै सम्बोधन गरेकी छिन् ।
भिडियोमा निरौला पनि महिलालाई अंकमाल गर्दै मस्त देखिएका छन् । यसअघि ताप्लेजुङको सीडीओ हुँदा पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । झापामा सहायक सीडीओ हुँदा जग्गा किर्ते प्रकरणमा परेका थिए । निरौलाले भने भिडियो काठमाडौंको एक होटलको पार्टीमा खिचिएको दाबी गरेका छन् ।
नगरपालिकाका कर्मचारीले भने आफनै कार्यालयको क्वाटर भएको वताएका छन् । मेयर राम थापाले भने घटनाबारे आफूलाई जानकारी नभएको वताए । निरौला मेयर थापाकै नातेदार पनि हुन् ।-सेती काली


