अनैतिक कार्य गरेको प्रमाण नष्ट गर्न रंगरोगन गर्दै प्रमुख प्रशासकिय अधिकृत

विराटनगर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

मदिराको नसामा लठ्ठ रहेको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो ।

भिडियोमा निरौला र महिला दुबै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ । महिला भने टिकटकमा कसैसँग लाइभ कुराकानी गरेको देखिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको नगरपकालिकाका कर्मचारीले बताए ।

क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनी विवादित बनेका छन् । दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरेका छन् । छानबिन गरी प्रमाणित भए कारबाही गरिने समते उनले बताए ।

प्रमाण नष्ट गर्दै
क्वार्टरमै अनैतिक गतिविधि गरेको सार्वजनिक भएपछि निरौलाले प्रमाण नष्ट गर्न कोठाको रंगरोगन सुरु गरेका छन् । निरौलाले नगरपालिका परिषरमा रहेको क्वार्टरमा आइतबार बिहानैबाट रंगरोगन सुरु गरेका हुन् ।
घटना बाहिरिएपछि छानविन हुने डरले उनले प्रमाण नष्ट गर्नका लागि क्वार्टरस्थित बेडरुमको रंग परिवर्तन गरेका हुन् । विगतमा रहेको हरियो रंग बदलेर उनले पहेँलो रंग लगाएका हुन् ।

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले यस विषयमा आफूलाई धेरै बोल्न नलगाउन भन्दै पन्छिएका छन् । निरौला मेयर थापाका नातेदार पनि हुन्।-आवरविराटनगरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।