सारुकका पिता नर्भिक अस्पतालको आईसीयूमा

काठमाडौं । केही साताअघि मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता एवं पाका कलाकार सानु ताम्राकार स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । उनको नर्भिकको आईसीयूमा उपचार भइरहेको छ ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शनिबार दिउँसो ताम्राकारलाई अस्पताल भर्ना गरिएको हो । निरौलाका अनुसार ताम्राकार बोल्न सक्ने अवस्थामा छैनन् । ‘उहाँ अहिले बोल्न र चल्न सकिरहनुभएको छैन,’ निरौलाले भने, ‘अहिले उहाँसँगको भेटघाट पनि बन्द गरिएको छ ।’

यसैबीच, सारुकको परिवार र चलचित्र कलाकार संघले प्रहरीमा पुगेर सारुकको मृत्युको प्रकरणबारे छानबिन गर्न दबाब दिने भएका छन् । ‘यतिबेला प्रहरीको छानबिन सुस्ताएको छ । छानबिनलाई चाँडो निष्कर्षमा पुर्‍याउन संघ र सारुकको परिवारले प्रहरीमा दबाब दिने तयारी गरिरहेका छौं,’ अध्यक्ष निरौलाले भने ।

सारुक गत महिना रातोपुलको शहीदमार्गस्थित घरमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनाको छानबिन गर्न परिवारले प्रहरीमा उजुरी समेत दिएको छ । तर अनुसन्धान अघि नबढेको गुनासो परिवार र चलचित्रकर्मीले गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।