ससुरालीमै बेहोस भएका थापा अस्ताए
धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत एक युवकको निधन भएको छ । बाजुराको बुढिगंगा नगरपालिका घर भएर धनगढी बस्दै आएका २६ वर्षीय आलोक थापाको मायामेट्रो अस्पतालमा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालयले शनिबार बिहान बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बेहोस अवस्थामा भेटिएका उनको निधन भएको जनाएको छ । उनी तीन वर्षदेखि ससुरालीमा बस्दै आएका थिए ।
हिजोमात्रै उनी आफ्नो भतिजाको जन्मदिन मनाउन भनेर गएका थिए । जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेका थिए ।
त्यसपछि उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए । उनको शव परीक्षणका लागि सेती अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


