बेपत्ता भएको डेढ महिनापछि युवतीको शव भटियो
कैलाली । कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव भेटिएको छ ।
जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको हो ।
आइतबार शव फेला परेको प्रहरीले जनाएको छ ।उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।


