होटलमा बेहोस फेला परेका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ

धनगढी । धनगढीः होटलमा बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा रहेको डिलाइट होटलमा बेहोस अवस्थामा भेटिएका धनगढीका युुवकको मृत्यु भएको हो।

शुक्रबार होटलमा बेहोस अवस्थामा फेला परेका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी स्थित भगवती टोलका ३७ वर्षीय विष्णुु पनेरुको शनिबार मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

उनको मृत्यु भएपछि पनेरु बेहोस अवस्थामा भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। सापकोटालाई शनिबार धनगढीबाट पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।