फिलिपिन्स पाइलट पढेका दुई नेपाली विद्यार्थीले पाए अवार्ड

काठमाडौँ । फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मी अवार्डबाट सम्मान गरेको हो ।

क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ । जसलाई ‘टप गन अवार्ड’ भनिएको छ । त्यस्तै क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’बाट सम्मानित गरिएको हो ।

सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका उनीहरूलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । ट्रेनिङ पुरा गरेका पाइलटहरूलाई इन्स्ट्यिच्युडले दीक्षित गरेको छ । दीक्षान्त समारोह गर्दै २२ जना नेपाली विद्यार्थीहरूसहित विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन् ।

ABN08009 (1)

उक्त कार्यक्रममा थुप्रै नेपाली पाइलटहरूले विभिन्न अवार्ड समेत पाएका छन् । सबिना विके खड्कालाई ‘एमेलीय एयरहर्ट अवार्ड’, शोभित पौडेललाई ‘प्ल्याक एप्रिसिएन’ बाट सम्मानित गरिएको छ । सविनालाई प्रदान गरिएको उक्त अवार्ड पहिलो महिला पाइलटका लागि प्रदान गरिने सम्मान हो । पौडेलले स्कुललाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान प्रदान गरेको हो । उनले आफ्नो भ्ल्ग मार्फत एभिएसन क्षेत्रको विषयमा जानकारी दिँदै आएका छन् ।

त्यस्तै रामचन्द्र बराललाई ‘मोस्ट इम्प्रुभ्ड,’, सागर पन्त र यस सेनलाई ‘राईट ब्रदर्शन अवार्ड’ बाट सम्मान गरेको छ ।

फिलिपिन्सको सरकारी पाइलट ट्रेनिङ दिने उक्त इन्स्ट्च्यिुडमा थुप्रै विदेशी विद्यार्थीहरू पाइलटको ट्रेनिङ लिन जाने गरेका छन् । जसमा नेपाली विद्यार्थीहरू पनि प्रमुख प्राथमिकतमा पर्ने गरेका छन् । उक्त स्कुलको लागि नेपालको आधिकारिक प्रतिनिधि काठमाडौँ एलायन्स रहेको छ । काठमाडौँ एलायन्समार्फत धेरै नेपाली विद्यार्थी पाइलटको ट्रेनिङ लिनको लागि फिलिपिन्स जाने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।