ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ । उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।