बालेनको उर्दी बेवास्ता गरेपछि भत्किँदै राप्रपाको केन्द्रीय कार्यालय

काठमाडौं,१५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको धुम्बराहीस्थित कार्यालयमा काठमाडौं महानगरपालिकाले आजै डोजर चलाउने भएको छ ।

गत शुक्रबार महानगरले आजसम्म केन्द्रीय कार्यालय रहेको भवन खाली गराउन उर्दी जारी गरेकोमा राप्रपाले बेवास्ता गरेपछि महानगरले डोजर चलाउन लागेको हो ।

महानगरले बिजुलीको हाइस्टेशन मुनी भवन रहेको भन्दै राप्रपालाई आजसम्म खाली गर्न अल्टिमेटम दिएको थियो ।

महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ ।

महानगरले नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा ३०० जनाभन्दा धेरै नगर प्रहरी उक्त क्षेत्रमा खटाएको बताइएको छ ।

कल्याण राजभण्डारी र प्रज्ञा चापागाईँको नाममा रहेको उक्त घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्दै आएको छ ।

दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा भने आएको छैन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।