बढ्यो गोलभेँडाको भाउ

काठमाण्डाै – गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत भएको छ ।

गएको असार ३ गते किलोको ५ रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका थिए । अहिले भने किसानले किलोको ६५ देखि ७५ रुपैयाँमा गोलभेँडा बेचिरहेका धादिङका अगुवा किसान श्यामचन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार किसानले अहिले खेतबारीमै किलोको ६५ देखि ७५ रुपैयाँसम्म पाएका छन् । गोलभेँडा उत्पादनको सिजन नहुँदा बजारमा अहिले भाउ बढेको छ ।

साउन पहिले हप्तादेखि नै गोलभेँडाको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पहिले पहिले भारतबाट समेत गोलभेँडा आयात हुँदा भाउ केही सस्तो हुन्थ्यो । तर अहिले भारतमा पनि गोलभेँडा महँगो भएकाले व्यापारीले नेपाल ल्याएका छैनन् । यसले गर्दा गोलभेँडा माग अनुसार बजारमा छैन । यही कारण भाउ बढेको श्रेष्ठले बताउनुभयो ।

कालीमाटी थोक बजारमा आज ठूलो गोलभेँडा किलोको १२० देखि १४० रुपैयाँ छ । यस्तै, लोकल सानो गोलभेँडा ४५ देखि ५५, टनेलको सानो गोलभेँडा ८५ देखि ९५ रुपैयाँ थोक मूल्य छ । उपभोक्ताले खुद्रा पसलमा किन्दा यो भन्दा महँगो पर्छ ।

काठमाण्डौमा उपत्यका आसपासका क्षेत्र र छिमेकी जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुरलगायतबाट गोलभेँडा भित्रिरहेको छ । कालीमाटीमा अहिले दैनिक ४० देखि ४५ टन गोलभेँडा भित्रिरहेको छ । अरु बेला दैनिक ६० देखि ६५ टन भित्रने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।