भोजपुरमा खडेरीले सुक्यो मकै

टक्सार (भोजपुर), १६ साउन (रासस) :भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ ।

जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रको प्रविधिक टोलीले दुवै ठाउँको अनुगमन गरेको छ । जरायोटारको रानीटार, बतासे र वडा नं ७ सिक्रेटारमा मकैबाली पूर्णरुपमा क्षति भएको पाइएको उहाँले बताउनुभयो ।

“खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ”, अध्यक्ष खत्रीले भन्नुभयो ।

अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रवीन्द्र सापकोटाले सुक्खा खडेरीबाट प्रभावितको लगत सङ्कलन गरी राहतका लागि स्थानीय तहसँगै सम्बन्धित निकायलाई प्रस्ताव गरिने बताउनुभयो । यसअघि पनि बाढी पहिराबाट अरुण–१ र २ का बस्ती प्रभावित भएका थिए । लम्पी स्किनले पशुचौपाया क्षति बेहोरेका कृषक खडेरीका कारण झन पीडित बनेका गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।