धारिलो हतियार प्रहार गरि बुढानीलकण्ठमा युवतीको हत्या

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थित भसुन्थलीमा युवतीको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर सप्तरी घर भएर बुढानीलकण्ठ बस्ने २८ वर्षीया अनिता चौधरीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । साउन १४ मा बोहराले अनितालाई चक्कु प्रहार गरेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।

छिमेकमा बस्ने बोहराले राति साढे ९ बजेतिर चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।