किन झ्याप्प-झ्याप्प गइरहेको छ बत्ती?

काठमाडौ । वर्षायाम सुरूभएसँगै बिजुली उत्पादन पनि बढेको छ। ऊर्जा उत्पादकहरूले ५०० मेगावाट बिजुली खेर गइरहेको बताएका छन्।
तर पनि काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानहरूमा बिजुली झ्याप्प झ्याप्प जाने ‘ट्रिपिङ’ समस्या बढेको छ।

पटक–पटक बत्ती गइरहन्छ। फेरि आउन एक दुई घण्टा नै लाग्ने गरेको उपभोक्ताहरूको गुनासो छ।

यसरी बिजुली किन गइरहन्छ त?
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई प्रणालीमा प्राविधिक समस्या आइरहने भएकाले ट्रिपिङ समस्या बढेको बताउँछन्।
‘खास गरी रातको समयमा सिस्टममा गडबढी भइरहेको छ। वर्खायाम भएका कारण कतै पहिरो जान्छ, कतै रूख ढल्छ। एक ठाउँको तार रूख ढलेर चुडियो भने पनि समस्या भइहाल्यो, कतै आगलागी पनि हुन्छ,’ उनले भने।

मंगलबार पनि पाटन क्षेत्रमा प्राविधिक समस्याका कारण विद्युत आपूर्तिमा केही समय समस्या देखिएको उनले बताए। यस्तो समस्या देशका अन्य ठाउँमा पनि भइरहेको छ।

‘वर्खायाममा देशभर यस्ता समस्या आइरहन्छन्,’ उनी भन्छन्, ‘प्रकृतिले निम्त्याउने समस्या कसैले रोक्न सक्दैन।’

ट्रान्समिसन लाइनको क्षमता कम हुँदा पनि विद्युत आपूर्तिमा समस्या देखिने गरेको छ। ४०० केभी क्षमताको लाइन चाहिने स्थानमा पनि १३२ केभी देखि २२० केभी क्षमताका छन्। जसले गर्दा पनि ट्रान्समिसन लाइनमा ओभरलोडिङ हुने गरेको प्राधिकरणले जनाएको छ।

ठाउँ-ठाउँमा ट्रान्सफर्मरमा आउने समस्याका कारण पनि बिजुली आपूर्तिमा समस्या देखिने गरेको छ।

भोल्टेजमा फेरबदल भइरहँदा पनि पावर प्लान्टमा समस्या देखिने र समग्र देशकै प्रणालीमा असर पुग्ने उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।