साहुले फसाएका लालबहादुर विकलाई उच्च अदालत विराटनगरले सफाइ दियो

काठमाण्डाै – साहुले फसाएका सुनसरीका मजदुर लालबहादुर विकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ ।

सुन पसलमा गहना बनाउने काम गर्ने लालबहादुरलाई गएको पुसमा जिल्ला अदालत सुनसरीले डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिबाना र झन्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको थियो । छाक टार्नसमेत मुस्किल हुने लालबहादुरलाई अदालतले गरेको फैसलाको चौतर्फी आलोचना भएको थियो । अभियन्ता र केही वकिलको सहायतामा लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।

आज मङ्गलवार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएको हो ।

इटहरीमा दीपक गजमेरको सुन पसलमा काम गर्ने लालबहादुरविरुद्ध २०७५ सालमा करौडौँ रुपैयाँ ठगीको मुद्दा परेको थियो । सुनसँगै पैसा पनि बचत गर्ने बचतकर्ताको रकम हिनामिना गर्ने काम साहुले गरे पनि आरोप भने लालबहादुरमाथि लागेको थियो । जिल्ला अदालतले दुई सय ७५ जनाको १८ करोड ८४ लाख ६६ हजार आठ सय ८९ रुपैयाँ बिगो कायम गरेकोमा लालबहादुरविरुद्ध तीन करोड रुपैयाँको बिगो, ७० हजार रुपैयाँ जरिबाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।