इलामको पुरानो चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु

फिक्कल : इलामको पुरानो चिया बगान संरक्षण गर्न पुनः चिया रोपण सुरु गरिएको छ । सदरमुकामस्थित बगानमा एक सय ६० वर्षअघि (विसं १९२०) मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरका ज्वाइँ गजराजसिंह थापाले पहिलोपटक बिरुवा रोपेका थिए तर बगानको उचित संरक्षण हुन सकेको थिएन ।

पुरानो बिरुवा मरेर भएको खाली ठाउँमा करिब सात हजार बिरुवा रोपण गर्ने काम सुरु भएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनुभयो । “इलामको सुन्दरता नै चियाबारी हो । यसैको संरक्षण नहुँदा चिया पर्यटनसमेत चुनौती बन्दै गएको थियो”, नगरप्रमुख थापाले भन्नुभयो, “अब भने पुरानै जातको चिया लगाएर ढकमक्क बनाएपछि इलाममा फेरि सुन्दरताको चमक थपिनेमा हामी विश्वस्त छौँ ।” इलाम नगरपालिकाको पहलमा नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले बिरुवा रोपिरहेको हो ।

“देश विदेशबाट आएका पर्यटक तथा अनुसन्धानकर्ताले इलामको पुरानो चिया बगान नै खोजी गर्छन् तर, त्यसैको अवस्था बिगिँ्रदो भएपछि हामीले बिरुवा रोप्ने अभियान सुरु गराएका हौँ” नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले भन्नुभयो, “यो ऐतिहासिक महत्त्वको चिया बगान संरक्षण गर्न तीनै तहको सरकार लागि पर्न जरुरी छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।