आज यी क्षेत्रहरूमा बाढी आउन सक्ने

काठमाडौ । आज पाँच नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान् छ।
बाढी पूर्वानुमान् महाशाखाले तमोर, तामाकोशी, सुनकोशी, कन्काई र बाग्मती नदीको बहाव उल्लेख्य बढ्ने जानकारी दिएको छ।

अन्य प्रमुख तथा सहायक नदीहरूको बहाव पनि सामान्य बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै दोलखा र सिन्धुपाल्चोक भएर बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर काठमाडौं, मकवानपुर, रसुवा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, रूपन्देही, रूकुमपूर्व, रूकुमपश्चिम, जाजरकोट र आसपास भई बहने केही ससाना नदीहरूमा पनि बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ।

आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा केही तलै र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो र राति विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम र भारी वर्षाको समेत सम्भावना रहेकाले नदी तथा स-साना खोलाहरूमा बहाब बढेर हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।