यसरी जुवाखालबाट समातिए वडाध्यक्ष, प्रदेशका नेता र कर्मचारी

धनगढी । मंगलबार वडा प्रहरी कार्यालय धनगढीलाई बसपार्कको कलेल होटलमा जुुवातास भइरहेको सूचना प्राप्त भयो । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समात्यो ।

वडाको टोलीले कलेल होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेतासमेत रहेको खुलेको छ । सुुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको फोटो सार्वजनिक भएपछि पहिचान खुलेको हो ।

प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका-२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका-५ का वडाध्यक्ष रहेको खुलेको छ।

यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओदावी केन्द्र्का प्रदेश कमिटी सदस्यहुन् ।

गोदावरी नगरपालिका-३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका-७ का स्थानीय हुन् भने उनी नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य हुन् । सुजित खड्का सिलगढी खानोपनी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पक्राउ परेका विरुद्ध बुधबार मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बडाइने जानकारी दिए । तर वडा प्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलले विगतदेखि नै जुवातास खेलाउने गरेको स्थानीय बताउँछन् ।

खासगरी बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने कलेलसहितका केही होटलबाट प्रहरीले हप्तासमेत असुल्ने गरेको आरोप छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।