धनकुटाको मूलघाट पुगि फर्केका रोहितलाई गोली प्रहार गरि हत्या गर्ने दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोहितको साउन ५ गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही दिन बेलुका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजुकमार राईले घटनामा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गर्ने तयारी भएको बताए ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कने क्रममा रोहितमाथि धरान इटहरी सडक खण्डको सेउती खोला पुलको दक्षिणतर्फ गोली प्रहार भएको थियो । मोटरसाइकल रोकेर पिसाब गर्न जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । रोहित नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी थिए ।-अनलाइनखबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।