यिनै रहेछन् धरानको जंगलमा रोहितलाई गोली प्रहार गर्नेहरु

सुनसरी । सुनसरीको धरानमा गोली प्रहार गरेर एक युवकको हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

गत साउन ५ गते साँझ विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जबरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति रहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए । पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।

साउन ५ गते साँझ धरान–इटहरी सडक खण्डको सेउती पुलनजिकै गोली प्रहार भएको थियो । धनकुटाबाट मोटरसाइकलमा सवार भएर विराटनगर जाँदै गरेका चौधरीको दाहिने कोखमा गोली लागेको थियो ।

गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी बीपी कोइराला धरानमा लगिएको थियो । तर उनको उपचारका क्रममा ज्यान गएको थियो । चौधरीले हाँकेको मोटरसााइकल पछाडि एकजना युवती पनि थिइन् ।

त्यसबेला तीन जनाको समूहमा आएकामध्ये एक व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहार गरेर फरार भएकामध्ये दुईजना पक्राउ परेका हुन् ।

घटनाका क्रममा घाइते युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएर खोजी थालेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।