नक्कली लोगो र ट्रेडमार्क प्रयोग गर्दै पोखरा किङ्स लाउन्जले गर्यो ब्यक्तिदेखि बैंकसम्म ठगी, मुख्य योजनकार पूर्व हवल्दार केसी

काठमाडौं ।उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी सञ्चालन भएको पाईएपछि विभागले बन्द गर्न निर्देशन दिएको हो ।

हुबहु नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो । काठमाडौंस्थित द किङ्स लाउन्जले दायर गरेको उजुरीमा आदेश जारी गर्दै विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न भनेको हो ।

पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन– २०२२ ले गैरकानुनी तवरले ट्रेडमार्क प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । गैरकानुनी रुपमा अवथा अनुमति बेगर ट्रेडमार्क प्रयोग गरिए कसूरको मात्रा अनुसार एकलाख रूपैयाँसम्म जरिवाना हुन सक्ने र उक्त कसूरसँग सम्बन्धित मालसामान जफत हुने व्यवस्था रहेको छ ।

‘उजुरीकर्ताको नाममा दर्ता रहेको उक्त ट्रेडमार्क हुबहु रुपमा लोगो प्रयोग गरी उक्त लोगोमा पोखरा शब्द थप गरी यी विपक्षीले उस्तै लोगो बनाई होटल संचालन गरेको देखियो ।’ विभागका महानिर्देशक बाबुराम गौतमबाट जारी आदेशमा भनिएको छ, ‘उजुरीकर्ताको दर्ता रहेको सो लोगो प्रयोग गरी होटलर रेष्टुरेन्ट व्यवसाय संचालन नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम विपक्षीका नाममा अन्तरकालीन आदेश जारी हुने ठहर्छ ।’

किङ्स लाउन्ज काठमाडौंमा चलेको मध्ये एक चर्चित पारिवारिक रेष्टुरेन्ट हो । किङ्स लाउन्ज पोखराले बाटोको म्यादबाहेक २१ दिनभित्र ट्रेडमार्क लोगो नाम को प्रमाण भए पेश गर्न पाउने नत्र व्यवसाय बन्द गर्नुपर्ने उद्योग विभागले जनाएको छ ।

पोखरा किङ्स लाउन्जले देशका विभिन्न ठूला सहर शाखा खोलेको पाइएको छ । किङ्स लाउन्ज पोखरा, किङ्स होटल राजकुटी लगायतका नामा अहिले बुटवल, इटहरी र नेपालगञ्जमा पनि उक्त लोगो प्रयोग गरी होटल सञ्चालनमा रहेका छन् । साथै, किङ्स स्टार रेस्टुरेन्टको नाममा सोही लोगो प्रयोग गरी दुबईमा पनि होटल सञ्चालन भएको पाइएको छ । किङ्स लाउन्जको शाखा ४२ देखि ४५ लाख प्रति शेयर सम्ममा विक्री भएको खुलेको छ ।

कसको आईडियामा हुँदै छ नक्कली धन्दा……?

पछिल्लो समय सुन तस्करी र विभिन्न भ्रष्टाचार काण्डका विवादित सरकारी कर्मचारी र भूमाफियाहरुले नक्कली किङ्स लाउन्जको धन्दा चलाएको पाइएको छ । उनीहरु अर्काको नाम र लोगो चोरेर देशैभर शाखा विस्तारको अभियानमा रहेका छन् । किङ्स लाउन्जको लोगो दु्रुपयोगमा अपराध माहाशाखा तथा अख्तियारबाट अवकास प्राप्त हवल्दार ध्रुब केसीको संलग्नता पाईएको छ । यसमा उनी मुख्य योजनाकार रहेका छन् । पूर्व प्रहरी हबल्दार केसी यस अघि पनि विभिन्न अपराधिक घटनामा नाम मुछिएका पात्र हुन् । अपराध माहाशखामा कार्यरत रहँदा सुन तस्कर गोरे सँग कल डिटेल्स दुरुपयोग गरेको आरोपमा उनी तानिएका थिए । साथै उनी सम्पत्ति सुद्धीकरणको अनुसन्धानमा सेटिङ मार्फत उम्केका कर्मचारी हुन ।

साधरण पारिवारिक हैसियत भएका ओखलढुंगा स्थायी बासिन्दा के।सी माहाशाखा र अख्तियारबाट अवकास लिँदा २०औं करोडको मालिक भएर निस्किएको उनीनिकट स्रोतले बताउछ। विभिन्न कम्पनीको नाम लोगो ट्रेडमार्क नक्कल गरेर नयाँ–नयाँ कम्पनी खडा गर्दै ठगी धन्दा चलाउने केसीले श्रीमती रोजिना भण्डारी केसीको नामबाट विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको शेयरमा लगानी गरेको समेत खुलेको छ । केसीले आफ्नो र आफ्ना नातेदारको नाममा देशका मुख्य–मुख्य सहर र महँगा ठाउँहरुमा जग्गा जमिन जोडेको समेत खुल्न आएको छ । प्रहरीको हवल्दारबाट रिटार्यड भएका उनी करोडौं पर्ने गाडीमा हिँड्छन् भने उनको वनस्थलीमा आलिशान महल पनि रहेको छ ।

किङ्स लाउन्ज ट्रेडमार्क दुरुपयोग गरेर बैंक तथा वित्तिय संस्थाबाट करोडौंको लोन

किङ्स लाउन्जको नक्कली लोगो, नाम तथा ट्रेडमार्क देखाएर विभिन्न बैंक तथा वित्तिय संस्थाबाट करोडौंको लोन लिएको पाइएको छ । उनीहरुले किङ्स लाउन्ज पोखरा तथा किङ्स होटलको नाममा बैंक तथा वित्तिय संस्थाबाट २५ करोडभन्दा बढि लोन लिएको के।सी निकट स्रोतको दाबी छ । अरु कम्पनीको नक्कली नाम, लोगो र ट्रेडमार्क देखाएर करौडौं ठग्दा बैंक तथा वित्तिय संस्थाहरु समेत झुक्किएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।