३७ वर्षअघि बेपत्ता आरोहीको शव फेला

स्वीजरल्याण्ड । स्विस आल्प्स पहाडमा ३७ वर्षअघि बेपत्ता भएका एक आरोहीको शव फेला परेको छ । हिमनदी पग्लिएर यो सम्भव भएको दाबी गरिएको छ । डिएनए परीक्षणपछि भेटिएको शव ३८ वर्षीय हराइरहेका आरोहीको भएको पुष्टि भएको छ ।

बीबीसीको रिपोर्टका अनुसार जुलाई १२ मा स्विट्जरल्याण्डको जरमेटको दक्षिणमा रहेको थियोडुल ग्लेशियरमा पर्वतारोहीहरूले पग्लिएको हिउँमा मानव अवशेष देखेपछि उक्त शव फेला परेको थियो। उनले यसबारे प्रहरीलाई जानकारी दिए ।

त्यसपछि शवहरूलाई नजिकैको सहर सायनस्थित वालेस अस्पतालको फोरेन्सिक मेडिसिन युनिटमा पठाइएको थियो।

अस्पतालमा भएको डीएनए परीक्षणले उक्त अवशेष सन् १९८६ मा हिमालमा हराएका ३८ वर्षीय आरोहीको भएको पुष्टि गरेको थियो ।

सो अवशेष भेट्टाउने पहिलो पर्वतारोहीहरूले प्रहरीलाई भने कि उनीहरूले पहिले जुत्ता देखे, त्यसपछि जुत्ता मुनि हिउँमा एउटा क्र्याम्पोन उपकरण अड्किएको थियो।

जुन जुत्ताको तल्लो भागमा जोडिएको हुन्छ र आरोहणमा मार्गदर्शन गर्ने गर्दछ। यस्तो अवस्थामा उनीहरूले बुझे कि यी आरोहीका अवशेष हुन्।

सोही क्रममा प्रहरीले डीएनए परीक्षणपछि आरोहीको पहिचान सम्भव भएको विज्ञप्तिमा जनाएको छ । उक्त अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ ।

पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्बिर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।

जलवायु परिवर्तनका कारण हिमनदीहरू लगातार पग्लिँदै गएका छन् । यस्तो अवस्थामा सबै आरोहीको शव निकाल्ने काम भइरहेको छ ।

पछिल्लो समय हिमनदी पग्लिएर धेरै आरोहीहरूको शव भेटिएको पनि प्रहरीले जनाएको छ, जसको बेपत्ताको खबर दशकौँ अघि दर्ता भएको हुनसक्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।