नारायणी नदीमा हामफालेकी एक महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार

चितवन । नारायणी नदीमा हामफालेकी एक महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको छ । बिहीबार बिहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार ती महिला बिहीबार बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट नदीमा हामफालेकी थिइन् । नदीमा महिलाले हामफालेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली उद्धारमा खटिएको थियो । नदीमा हाम्फालेकी करिब ४५ वर्षीय महिलाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको प्रवक्ता पण्डितले बताए । ती महिलाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन भने नदीमा हाम्फाल्नुको कारण पनि पत्ता लाग्न बाँकी रहेको छ। घटना बारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।