३२ ठाउँमा घरजग्गा भएको भनिएका वन निर्देशकलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ

काठमाडौ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका प्रतिवादी हेमराज विष्टसमेत दुईजनालाई सफाइ दिएको छ। मंगलबार विशेषले उपसचिव स्तरका विष्ट र उनकी श्रीमती रुबी जिसीलाई समेत यस मुद्दामा अभियोग ठहर नहुने फैसला सुनाएको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बास्तोलाको इजलासबाट यस्तो फैसला भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ पुस २०७८ मा विष्ट दम्पत्तिविरुद्ध मुद्दा चलाएको थियो। विष्टले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको थियो।

उनी सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालयका निमित्त वन निर्देशक रहेका वेला उनीमाथि मुद्दा दायर भएको थियो। हाल खारेज भइसकेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा भ्रष्टाचार गरी झन्डै सात करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको अभियोग उनीमाथि थियो।

विष्ट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत वन उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने कार्यमा संलग्न रहेको देखिएको सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ। समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

विष्ट वैशाख २०५५ देखि सरकारी सेवामा थिए। कात्तिक २०७७ सम्म उनको आयव्यय गणना गर्दा ६ करोड ८७ लाख ५७ हजार रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि अख्तियारले मुद्दा चलाएको हो।
सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षमा उनको वैध आय १७ करोड ३७ लाख रुपैयाँ हुनुपर्नेमा २४ करोड २४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति, लगानी र व्यय गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। जसपछि उनीमाथि मुद्दा चलाइएको हो। मुद्दा दायर भएको डेढ वर्षमै मुद्दा फैसला गर्दै विशेषले सफाइ दिएको छ।

राजधानीका साथै भक्तपुरसमेतका विभिन्न स्थानमा विष्ट दम्पत्तिका नाममा जग्गा भेटिएको थियो। श्रीमती रुबीका नाममा दाङ, कैलाली, कञ्चनपुरजस्ता विभिन्न ३२ स्थानमा घर–जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। १९ वटा बैंकमा खाता रहेकोसमेत खुलेको थियो।-नयां पत्रिका

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।