तीन महिनामै बन्यो झोलुङ्गे पुल, छोटियो एक घण्टाको बाटो

कास्की । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका—१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् ।

साँदल र कपुचेलाई विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरेपनि वर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ ।

पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासी समेत उत्साहित बनेका छन् ।

कपुजे र साँदल जोड्ने गरी सेती नदीमाथि ७९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । यस पुलको निर्माण कार्य तीन महिनामै सम्पन्न भएको छ । पुलको विसं २०७९ चैत २० गतेदेखी काम सुरु भएकामा असार २६ गते निर्माण सकिएर सञ्चालनमा आएको हो ।

माछापुच्छ«े—१ का सरोजकुमार गुरुङले झोलुङ्गे पुल निर्माणले साँदलका नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार विकट गाउँमा पुलबनेसँगै सुगममा परिणत भएको छ ।

उहाँले भन्नुभयो,“हिउँदयाममा अस्थायी व्यवस्था भएपनि वर्खामा यहाँका नागरिकले सेती वारपार गर्न ठूलो सास्ती र झन्झट थियो, समय पनि धेरै लाग्ने । अहिले झोलुङ्गे पुल बनेसँगै विकट गाउँ सुगम बनेको छ । स्थानीयको मुहारमा खुशी छाएको छ ।”

पुल निर्माणका लागि माछापुच्छ«े गाउँपालिकाले रु १७ लाख ७२ हजार ९९, टिविएसयू पोखराबाट रु १२ लाख १७ हजार बराबरका स्टिल पार्टस्,झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट रु तीन लाख २० हजार १६९ र स्थानीय उपभोक्ताबाट जनश्रमदान रु एक लाख ८१ हजार ३६३ गरी कुल रु ३४ लाख ९१ हजार लागत रहेको माछापुच्छ«े—१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले पुलको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाका विकट गाउँहरुमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले आवश्यकताका आधारमा पालिकाका अन्य वडाहरुमा समेत लागत साझेदारीमा पुल निर्माण गर्ने योजना रहेको बताउनुभयो ।-हिमाली आवाज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।