सिलिगुडी-काठमाण्डौ चल्ने बसमा तस्करी, लाखौंको सामान बरामद

झापा । भारतको सिलिगुडीदेखि काठमाण्डौ चल्ने बसमा अवैध सामान ओसारपसार हुने गरेको खुलेको छ । चेकिङ गर्ने क्रममा भारत-नेपाल चल्ने रात्रिबसमा अवैध सामान फेला परेको हो ।

बिहीबार साँझ ५ः१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले मेचीनगर ६ स्थित पूर्व पश्चिम लोकमार्गको भन्सार गेट अगाडि चेकिङ गर्ने क्रममा डब्ल्यूबी १९ एल ६१६१ नम्बरको सिलिगुडीदेखि काठमाण्डौ चल्ने बसमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको विभिन्न सामान फेला परेको हो ।

गाडी छोप्ने कभर २३ पिस, सुटकेस ग्लोप १ प्याकेट, जुत्ता ९ जोर, चप्पल ३ जोर, जिन्स पेन्ट १ पिस, सर्ट ३ पिस, नाईटी १२ पिस, ट्राउजर १ पिस, लेडिज ब्याग ३ पिस, हाफ पेन्ट १८ पिस, जम्पर १ पिस, भेस्ट ५ पिस, विजुली तार ५ रोल, गाडीको हर्न ३७ पिस, गाडीको एयर प्रो ६ पिस र कमोडल १ काटुन चेकजाँचका क्रममा बरामद गरिएको छ ।

अन्दाजी दुई लाख सत्तरी हजार तीन सय पचास रुपैयाँ मूल्य बराबरको सामान बेवारिसे अबस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले ती सामान मेची भन्सार कार्यालय काकँरभिट्टामा बुझाएको जानकारी दिए ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।