हनी ट्रयापमा पारेर बार्गेनिङ गर्ने युवती र पत्रकार बनेर मोलमोलाइ गर्ने युवकसहित चार जना पक्राउ

काठमाडौं । हनी ट्रयापमा पारेर बार्गेनिङ गरेको आरोपमा ललितपुर प्रहरीले युवतीसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको विर्तामोड स्थायी घर भई बानेश्वर बस्दै आएकी २४ वर्षीया अनिता तामाङ, सिन्धुपाल्चोकको बलेफीका दीपक पराजुली, सोही ठाउँका २७ वर्षीय विमल सुवेदी र सुनकोशीका सरोज तिमल्सिना रहेका छन् ।

प्रहरीका अनुसार पराजुली गाडी चालक तथा सुवेदी र तिमल्सिना पठाओ चालक हुन् । अनिताले विवाहित युवकहरुसँग डेटिङ गरेर पछि पैसाको बार्गेनिङ गर्ने गरेको प्रहरीको दाबी छ ।

सामाजिक सञ्जालमार्फत सम्पर्कमा ल्याएर उनले फन्दामा पार्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीन लाख रुपैयाँको चेक लिएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पीडितले उजुरी गरेपछि प्रहरीले गोप्य अनुसन्धान गरिरहेको थियो । पराजुलीले आफूलाई पत्रकार बताएर पीडितसँग पैसाको मोलमोलाइ गर्ने गरेको प्रहरीको दाबी छ ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।