यि रहेछन् हनीट्रयापमा पारेर पैसा असुल्नेहरु

काठमाडौ । हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो।

झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेका छन्।

प्रहरीका अनुसार अनिता मगरले फेसबुकमा पुरूषहरूलाई साथी बनाएर कुराकानी गर्थिन्। उनले प्रेम सम्बन्धसम्म बस्ने कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने गरेकी थिइन्। त्यसरी सामान्य कुराकानीपछि होटलबाट निस्केर आफूहरू बीचका कुराकानी दाजु-भाउजूले थाहा पाएकाले अब उनीहरूले भने बमोजिम गर्नुपर्ने भन्ने गरेको प्रहरीले जनाएको छ।

त्यसपछि दीपक पराजुली भन्ने व्यक्तिले ती पुरूषहरूलाई ब्ल्याकमेलिङ गरी थर्काउने गरेका थिए। उनले आफू गृह मन्त्रालयका प्रेस सल्लाकार हुँ भन्ने गरेका थिए। उनीबाट प्रेस कार्ड समेत बरामद गरेको छ। उनी पेशाले सवारी चालक हुन्।

यस्तै बिमलले पनि पुरूषहरूलाई मेसेज गरी भेट्ने र ब्ल्याकमेलिङ गरी धम्क्याउने गरेको प्रहरीले जनाएको छ।

यसरी उनीहरूले योजनाबद्ध रूपमा धम्क्याएपछि पीडित पुरूषलाई कुनै स्थानमा पैसा लिएर आउन भन्ने गरेका थिए। रकम लिन जाँदा सरोजले भने बाहिर कोही आउलान् भनेर निगरानी राख्थे।

यसरी हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिने गरेको भन्दै पीडितहरूले प्रहरी परिसरमा उजुरी दिएका थिए। उजुरी दिएपछि प्रहरीको टोली खटिएको थियो।

बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाखको चेक लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट मोबाइल, सिमकार्ड, चेक, लागयत बरामद भएको छ। उनीहरूले अर्का एक जना पीडितबाट पनि तीन लाख २५ हजारको चेक लिइसकेको बरामद भएको थियो।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। अहिलेसम्म परिसरमा दुई जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।