सुन तस्करी प्रकरण : क्यान्सर पीडित रूक्मिना हाजिरी जमानीमा हिरासत मुक्त

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिरी जमानीमा हिरासत मुक्त भएकी छिन् ।

परिवारका आफन्तको जमानीमा सुब्बालाई बिहीबार साधारण तारेखमा थुनामुक्त गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

२ साउनमा विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन विभागले बरामद गरेको थियो ।

सुन आयात गर्ने कम्पनीका प्रतिनिधिले भन्सारबाट सामान छुटाउन ३ जना सरकारी अनुमति प्राप्त भन्सार एजेन्टको साहायता लिएका थिए । तिनै मध्येका एक सुब्बा पनि थिइन् ।

रूक्मिनाका परिवारले उनी क्यान्सर रोगबाट पीडित रहेको र उनको उपचार जारी रहेकाले उपचारका लागि सहयोग गरिदिन विभागसँग आग्रह गर्दै आइरहेका थिए ।

‘ससुरा र परिवारका अन्य सदस्यको रोहबरमा हाजिरी जमानीमा उनी हिरासत मुक्त भएकी छिन्,’ विभाग स्रोतले भन्यो, ‘विभागले बोलाएको बेला उनी हाजिर हुनुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।